बिहीबार, जेठ ९, २०८२

कोरोना : २८ जना संक्रमित उपचार पछि निको भए, आजै डिस्चार्ज हुँदै

नेपालखोज २०७७ जेठ २२ गते १३:०६

विराटनगर । आज थप २८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनीहरु सबैलाई आजै अस्पतालबाट डिस्चार्ज गरिदै छ । विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका हुन् ।

डिस्र्चाज हुनेमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना छन् । उनीहरु मध्ये ६ जनामहिला र २२ जना पुरुष छन ।

कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ छ ।

प्रतिक्रिया