कोरोनाको भ्याक्सिन बनाउन पाँच कम्पनी छानिए
नेपालखोज
२०७७ जेठ २२ गते १५:४२
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन बनाउनका लागि अमेरिकी सरकारले ५ वटा कम्पनी छनोट गरेको छ।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले ५ वटा कम्पनीको सूची तयार गरेको हो।
कोरोनाको भ्याक्सिन बनाउन अनुमति पाउने कम्पनीमा मोडर्ना, एस्ट्राजेनेका, फाइजर, मर्क एन्ड कम्पनी र जोनसन एन्ड जोनसन छन्।
यी कम्पनीहरुलाई भ्याक्सिन उत्पादनका लागि अमेरिकी सरकारले अतिरिक्त सहायता राशि तथा क्लिनिकल ट्रायलका लागि आवश्यक सहयोग गर्नेछ।
सम्बन्धित
प्रतिक्रिया