विदेशमा अलपत्र नेपालीको आजदेखि उद्धार गरिदैँ
नेपालखोज
२०७७ जेठ २३ गते ७:२२
काठमाडौं । विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण विदेशमा अलपत्र परेका नेपालीहरुको आजदेखि उद्धार कार्य सुरू गरिदैँछ ।
सरकारले दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा गरेपछि आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो ।
पहिलो चरणमा आज म्यानमारबाट २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स (युएई) बाट २१० जना नेपालीलाई काठमाडौं ल्याउन लागिएको छ ।
म्यानमारबाट त्यहाँको सैनिक जहाजले नेपालीलाई लिएर आउनेछ भने युएईबाट चाटर्ड जहाले २१० नेपालीहरुलाई लिएर आउने नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उद्धार गरेर ल्याएका नेपालीहरूलाई नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ ।
सम्बन्धित








प्रतिक्रिया