हिजो मृत्यु भएका सुर्खेतका युवकमा कोरोना पुष्टि, नेपालमा ज्यान गुमाउनेको संख्या ११ पुग्यो !
नेपालखोज
२०७७ जेठ २३ गते ८:०५
सुर्खेत । हिजो सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। मृतक युवक सुर्खेत घर भएका हुन् ।
उनी ७ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको त्यतिबेला परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि २१ जेठमा घर गएका उनको हिजो मृत्यु भएको थियो ।
युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । २० वर्षीय उनी पञ्चपुरी नगरपालिका १ हाँसेका हुन् ।
योसंगै नेपालमा कोरोनाका कारण जानेको संख्या ११ पुगेको छ । कुल ११ जना मृतकमध्ये ९ पुरुष र २ महिला छन् ।
सम्बन्धित
प्रतिक्रिया