बिहीबार, वैशाख १३, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदै छ कारोबार ?

नेपालखोज २०७९ असोज ६ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ५ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया