आज राति २०७७ सालको पहिलो चन्द्रग्रहण लाग्दै

नेपालखोज २०७७ जेठ २३ गते १०:१५

काठमाडौं। आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्ने भएको छ । यो विसं २०७७ सालको पहिलो चन्द्रग्रहण पनि हो।

गत १० जनवरीमा सन् २०२० को पहिलो चन्द्रग्रहण लागेको थियो। नेपाली समयअनुसार राति ११ बजेर ३० मिनटमा शुरु हुने चन्द्रग्रहण भोलि बिहान दुई बजेर ४९ मिनटमा समाप्त हुनेछ। राति एक बजेर नौ मिनटमा चन्द्रग्रहणको सबैभन्दा बढी प्रभाव रहने छ।

एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकामा यो चन्द्रग्रहण देख्‍न सकिनेछ। वैज्ञानिकहरूका अनुसार यो पिनम्ब्रल अथवा उपछाया ग्रहण हो। त्यो भनेको पृथ्वीको छायाँको बाहिरको हिस्सा चन्द्रमामा पर्नु हो, जसको छायाँ फिका हुने गर्छ।

प्रतिक्रिया