म्यानमारका २६ जना नेपाली स्वदेश फिर्ता
नेपालखोज
२०७७ जेठ २३ गते १२:५४
काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि उत्पन्न असहज परिस्थितिका कारण म्यानमारमा अलपत्र २६ जना नेपाली आज स्वदेश फिर्ता भएका छन् ।
उनीहरु म्यानमार एयर फोर्सको चार्टर विमानबाट काठमाडौं आएका हुन् । सोही विमानले काठमाडौंमा अलपत्र परेका म्यानमारका ५३ जना नागरिकलाई फिर्ता लैजाने भएको छ ।
स्वदेश फर्केकालाई केही समय होल्डिङ्ग सेन्टरमा राखि आ–आफ्नो प्रदेशमा पठाइने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया