आइतबार, वैशाख १४, २०८२

प्रिमियर लिगका हरेक खेलमा ५ जनासम्म खेलाडी परिवर्तन गर्न पाइने

नेपालखोज २०७७ जेठ २३ गते १४:०८

काठमाडौँ । कोरोना भाइरसको कारण तीन महिनादेखि रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु सुचारु गरिँदा केही नियम परिवर्तन गरिने भएको छ । संक्रमणको सम्भावना कम गर्न हरेक खेलमा ५ जनासम्म खेलाडी परिवर्तन (सब्सटिच्युट) गर्न पाइने छ ।

प्रिमियर लिगका २० वटा क्लबहरुको हिजो बसेको बैठकले ५ खेलाडी परिवर्तन गर्ने प्रस्ताव स्वीकृत गरेको हो । कोरोनाले लामो समय मैदान बाहिर रहेका खेलाडीलाई पुनः मैदान फर्कँदा कठिन हुने भएकोले प्रिमियर लिगले खेलाडी परिवर्तनको संख्या बढाएको हो ।

यसअघि एउटा खेलमा ३ जना खेलाडी मात्रै परिवर्तन गर्न पाइन्थ्यो । खेलाडी परिवर्तनको संख्या बढाएपछि बेन्चमा राखिने खेलाडीहरुको सूचीपनि ७ बाट बढाएर ९ पुर्‍इएको छ ।

इंग्लीश प्रिमियर लिगका बाँकी खेल यही जुन १७ तारिखबाट सुरु हुँदैछ । सिजनका कुल ९२ खेल खेल्न बाँकी रहेको छ । तालिकामा शिर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग २५ अंकको अग्रतता लिइरहेको छ । अब दुई खेल जितेको खण्डमा लिभरपुल च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया