बिहीबार, वैशाख १३, २०८१

सरकारको दवावका कारण व्यवसायीहरुले आत्महत्या गर्नु पर्ने ? (भिडियो सहित)

नेपालखोज २०७७ जेठ २४ गते ११:३२

काठमाडौं । कोभिड–१९ का कारणले मुलुकभर लकडाउन भए पश्चात देशभरका उद्योग कलकारखाना वन्द छन् । लकडाउनका कारण घरेलु तथा साना उद्योगहरु बढी मारमा परेको देखिन्छ । साना उद्योग र घरेलु उद्योगमा करीव २० लाख भन्दा बढी श्रम गरिरहेकाहरुले रोजगारी गुमाउनु परेको अवस्था देखिन्छ । ठिक यसै बेला सरकारले कर असुल्ने योजना बनायो र व्यवसायीहरुलाई जेठ २५ गतेभित्र कर बुझाउन निर्देशन पनि दियो ।

सरकारले दिएको निर्देशन अत्यन्तै गैरकानूनी भएको भन्दै व्यवसायीहरुले त्यसको विरोध गर्दै कर बुझाउन समय लकडाउन खुलेपछिको केही समय पछि हुनु पर्ने माग पनि गरे । सरकार आफूले गरेको निर्णइबाट एक कदम पछि हट्दै पुन पुन असार ७ गते भित्र कर बुझाउन म्याद थप्यो । सरकारले गरेको निर्णयका विषयमा नेपाल घरेलु तथा साना उद्योग साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालसँग नेपाल खोजले गरेको कुराकानीको अंश । (भिडियोमा हेर्नुस)

प्रतिक्रिया