सोमबार, चैत ३, २०८१

३ लाख घूससहित वडाध्यक्ष पक्राउ

नेपालखोज २०७७ जेठ २४ गते १३:२९

बुटवल । पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ ।

Advertisement

रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले शनिवार बिहान करीब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रू।३ लाख बुझ्दै गरेका अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

अभियुक्त पुनलाई आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेका अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुसालले जानकारी दिए ।

प्रतिक्रिया