बिहीबार, वैशाख १३, २०८१

सुनकाे मूल्य बढ्दाे क्रममा, प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार

नेपालखोज २०७७ साउन ८ गते ११:००

काठमाडौं । पछिल्लो समय सुन दिन प्रति दिन बढ्दो क्रममा रहेको छ । बुधबार प्रतितोला ९४ हजारमा कारोबार भएको सुन बिहीबार ५ सय रुपैयाँ बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी बिहीबार सुन ९४ हजार ६५ रुपैयाँमा बिक्री भइरहेको छ ।

पछिल्ला दिनहरुको चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार १ सय ३५ रुपेयाँमा कारोबार भएको चाँदी १ हजार १ सय ४५ रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया