अमेरिकी डिभी चिट्ठाको नतिजा सार्वजनिक
नेपालखोज
२०७७ जेठ २५ गते ११:१९
काठमाडौँ । अमेरिकी डिभी लोटरी (चिट्ठा) २०२१ को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९) मा भरेको डिभीको नतिजा गएराति (अमेरिकी स्थानीय समय अनुसार जुन ६ तारिख मध्यान्ह १२ बजेपछि) सार्वजनिक भएको हो ।
विगतका वर्षहरूमा मे महिनामै सार्वजनिक हुने डीभी नतिजा यस वर्ष कोरोना भाइरस महामारीका कारण प्रकाशनमा ढिलाइ भएको हो । डीभी नतिजा हेर्न https://dvprogram.state.gov लिंकमा गएर कन्फरमेसन नम्बर दिनुपर्छ । ‘कन्फर्मेसन’ नम्बर भनेको गत साल डीभी फारम भरेपछि उपलब्ध एक कोड नम्बर हो ।
त्यसले नतिजा हेर्न सहयोग गर्छ । यो नतिजा ३० सेप्टेम्बर सन् २०२१ सम्म चेक गर्न सकिने डिभीप्रोग्राम डट स्टेट डट गोभले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया