कोरोना : कर्णाली प्रदेशमा थप ५४ जनामा संक्रमण पुष्टि, यस्तो छ अन्य अवस्था !
नेपालखोज
२०७७ जेठ २५ गते १५:४२
सुर्खेत । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै त्यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६४१ पुगेको छ।
आइतबार थपिएका अधिकांश संक्रमित सल्यान र सुर्खेत जिल्लाका छन्। त्यस्तै दैलेख र कालिकोटका संक्रमित पनि रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा सल्यानका २८ जना, सुर्खेतका २० जना तथा दैलेख र कालिकोटका ३–३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सम्बन्धित

प्रतिक्रिया