मंगलबार, वैशाख १६, २०८२

कोरोना : अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

नेपालखोज २०७७ जेठ २६ गते ८:०५

एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । केही दिन अघि अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढेको भए पनि पछिल्लो समय मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

त्यहाँ आइतबार एकैदिन ३७३ जनाभन्दा बढीको मृत्यु भएको छ । भने १८ हजार बढी संक्रमित फेला परेका छन् । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्म १ लाख १२ हजार ४६९ पुगेको छ ।

अमेरिकामा ७ लाख ६१ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १७ हजारको अवस्था अझै गम्भीर रहेको छ ।

प्रतिक्रिया