लकडाउनको सय दिनमा आन्तरिक उडान शुरु गर्ने सरकारको तयारी
नेपालखोज
२०७७ जेठ २६ गते ९:०१
काठमाडौँ । सरकारले लकडाउनको सय दिनदेखि आन्तिरिक उडान शुरु गर्ने तयारी थालेको छ। चैत १० बाट बन्द भएको आन्तरिक उडान लकडाउनको सय दिन अर्थात असार १७ देखि सञ्चालनमा ल्याउने सरकारले तयारी थालेको छ।
मिति तय नभए पनि विमानस्थलको व्यवस्थापनको काम सम्पन्न भएकाले सय दिनदेखि शुरु हुने तयारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डेयन मन्त्री योगेश भट्टराईको सचिवालयले जनाएको छ।
सरोकारवाला पक्षसँग छलफल र परामर्श गरेर उडान शुरु गर्नुका विकल्प नभएको समेत स्रोतको भनाई छ। मन्त्रालयले आन्तरिक गृहकार्य शुरु गरेको छ, सहमती भएमा अझै अगाडी पनि उडान खुल्न सक्ने बुझिएको छ।
तीन महिना भन्दा बढीसम्म आन्तरिक उडान बन्द हुदाँ वायुसेवा व्यवसायदेखि अर्थतन्त्रनै धरासही बन्न थालेको छ।
सम्बन्धित
प्रतिक्रिया