मंगलबार, चैत ४, २०८१

कोरोना विरुद्धको एन्टिबडी क्लिनिकल ट्रायलका लागि तयार रहेको चीनको घोषणा

नेपालखोज २०७७ जेठ २६ गते ११:५४

एजेन्सी । चाइना एकेडमी अफ साइन्सेजको इन्स्टिच्युट अफ माइक्रोबायोलजीले कोरोना भाइरसको उपचारका लागि मोनोक्लोनल एन्टिबडीको क्लिनिकल ट्रायलका लागि तयार भएको घोषणा गरेको छ ।

Advertisement

यसको प्रयोगका लागि नेसनल मेडिकल प्रोडक्टस एडमिनिस्टे«सनले पनि अनुमति दिएको छ । चीनको कोभिड–१९ को एन्टिबडी औषधी क्लिनिकल आकलनको चरणमा पुगिसकेको छ ।

पहिलो चरणको क्लिनिकल ट्रायलमा स्वस्थ व्यक्तिहरूमा एन्टिबडीको सुरक्षा र डोजका लागि परीक्षण गरिनेछ । स्वस्थ्य व्यक्तिहरूमा मोनोक्लोनल एन्टिबडी उपचार पहिलोपटक हुन लागेको हो ।

प्रतिक्रिया