आइतबार, वैशाख १४, २०८२

रंगभेदविरुद्धको आन्दोलनमा खेलाडी रहीम स्टर्लिङ्गको ऐक्यवद्धता

नेपालखोज २०७७ जेठ २६ गते १४:०२

काठमाडौँ । इंग्ल्याण्ड तथा म्यानचेस्टर सिटीका खेलाडी रहीम स्टर्लिङ्गले बेलायतमा रंगभेदविरुद्ध भइरहेका आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

उनले विश्वमा अहिलेसम्म रंगभेद कायम रहनु दुखद भएको टिप्प्णी गरेका छन् । बेलायतमा ‘ब्ल्याक लाइफ म्याटर्स’ प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका छन् ।

कोरोना भाइरसको महामारी फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै सरकारले ठूलो संख्यामा भेला नहुन भने पनि मानिसहरु रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका हुन् ।

अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा गएको मे २५ मा ४६ वर्षका अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको आरोपमा अमेरिकासहित विश्वभर रंगभेद विरोधी आन्दोलन जारी छ ।

बेलायतका लण्डन, ब्रिस्टोल, म्यानचेस्टर, वुल्भरह्याम्पटन, नोटिङघम, ग्लास्गोसहितका स्थानमा प्रदर्शन भएका  छन् । -एजेन्सी

प्रतिक्रिया