एमसीसी सम्झौता तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्न हुँदैन : अर्थमन्त्री खतिवडा

नेपालखोज २०७७ जेठ २७ गते १३:०७

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सम्झौता तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्न र अन्तर्राष्ट्रिय सहयोगको वातावारण बिगार्न नहुने बताएका छन् ।

एमसीसी कसैको सुरक्षा छातामा छरछैन भन्ने कुरा संसदले नै छलफल गरेर निष्कर्ष निकाल्नु पर्ने उनले बताए । बिनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको मंगलवार प्रतिनिधि सभा बैठकमा जवाफ दिंदै मन्त्री खतिवडाले एमसीसीका सहायक सम्झौतामा सच्चाएर जान सकिने बताएका हुन् ।

‘एमसीसी सम्झौता पत्र सदनमा विचाराधीन छ,यहाँ छलफल भइजाओस । कसैको सुरक्षा छातामा छरछैन त्यही बेला हुन्छ । यो सहायता सम्झौता हो,अर्थमन्त्रालयले गरेको हो,को सरकारमा हुँदा गरेको भन्ने भएन । प्रधामनन्त्रीले भन्नु भएको छ, सरकारको निरन्तरताको प्रश्न हो ।

 

प्रतिक्रिया