आइतबार, माघ १३, २०८१

ओलीका दुईजिब्रे कुरा, ६ महिनामा पनि सर्वसुलभ छैन कोरोनाको खोप

लक्ष्मी चौलागाईं २०७७ माघ १९ गते ११:४४

काठमाडाैं । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा भारतबाट अनुदान स्वरुप प्राप्त भएको कोरोना खोप अभियानको सुभारम्भ गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीहरुले आगामी तीन महिनाभित्र नै कोरोनाको खोप पाइसक्ने उद्घोष गरेका थिए ।

Advertisement

खोप शुभारम्भ कार्यक्रमको सम्बोधनमा प्रधानमन्त्री ओलीले भनेका थिए चाहे नेपालले अनुदानको रुपमा खोप प्राप्त गरोस् अर्थात् किन्न नै परोस् आगामी तीन महिनाभित्र बिना भेदभाव सम्पूर्ण देशवासीहरुले प्राथमिकताका आधारमा कोरोनाको खोप पाउनेछन् । कोही पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्तिले निःशुल्क यो खोप प्राप्त गर्ने ओलीको दाबी थियो ।

प्रधानमन्त्रीको त्यो अभिव्यक्तिमा कुनै ‘प्राविधिक कुरा समेटिएका थिएनन्। यो अभिव्यक्तिलाई आधार बनाएर खोप विज्ञहरूले भने उनले भनेजस्तै तीन महिनामा सबैलाई खोप दिन नसक्ने टिप्पणी गरे।

त्यसको तीन दिन पश्चात् अर्थात् शनिवार चितवनमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले भने, ‘कोरोना खोप लगाउने अभियान अगाडि बढिरहेको छ। हामी अबको तीन महिनाभित्र फ्रन्टलाइनमा काम गर्नेहरूलाई खोप दिइसक्ने छौं, बाँकी जनताले क्रमशः सन् २०२१ भित्र खोप पाउनेछन्।’

उनको पछिल्लो अभिव्यक्तिमा नेपालको खोप पहुँचका केही प्राविधिक पक्ष जोडिएका छन्।उनले भने अनुसार सन् २०२१ सम्ममा सबै नेपाली नागरिकहरुले कोरोनाको खोप नपाउन पनि सक्छन्।

भारत सरकारले उपहारमा पठाएको १० लाख डोज खोप अहिले देशभर स्वास्थ्यकर्मीले तथा फ्रन्टलाइनमा कार्यरत्त व्यक्तिहरुले लगाइरहेका छन् । यो पहिलो चरणको खोप अभियानमा करिब चार लाख ३० हजार स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनर समेटिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सरकारले १८ वर्षमुनि, गर्भवती महिला, तथा विभिन्न स्वास्थ्य भएका बाहेक ७२ प्रतिशत नागरिक अर्थात् २ करोड १६ लाख नेपालीलाई लाई कोरोनाको खोप दिने बताउँदै आएको छ । कोरोनाको दुई डोज खोप लगाउनका लागि उक्त जनसंख्यालाई करिब ४ करोड ३२ लाख डोज खोपको आवश्यकता पर्छ । हालसम्म १० लाख डोज खोप भारतबाट अनुदानमा आएको छ भने ३ लाख डोज खोप चीनले दिने घोषणा गरिएको छ ।

चीनबाट खोप ल्याउनका लागि कुनै पहल भएको छैन, प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

करिब ३ लाख डोज कोरोनाको खोप चीन सरकारले उपलब्ध गराउने भनिएतापनि हालसम्म उक्त खोप नेपाल ल्याउनका लागि मन्त्रालयको तर्फबाट कुनै पनि पहल नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम बताउँछन् । प्रवक्ता डा।गौतमले केही समय अगाडि ‘कोभिशिल्ड’ खोप नेपालको लागि सबै हिसाबले सुहाउँदो भएकाले प्राथमिकतामा राखेको बताएका थिए।कोभिशिल्ड खोप दुईदेखि आठ डिग्री तापक्रममा राख्ने मिल्ने त्यही अनुसारको नेपालमा प्रर्याप्त मात्रामा भण्डारण क्षमता भएका कारणले पनि सरकारले यही खोपको आशा गरिराखेको हो ।

‘पहिलो चरणमा २० प्रतिशतलाई खोप दिने योजना बनाएका छौं। यति मात्रै जनसंख्यालाई खोप दिएर हुँदैन,’ डा गौतमले भनेका थिए, हामीले चाहिए जति खोप भारतसँग मागेका छौं।’भारतबाट अनुदानमा आएको पहिलो चरणको खोप प्रयोगमा आएपछि मात्र दोस्रो चरणको अभियान सुरु गर्ने तयारी मन्त्रालयले गरेको छ।पहिलो डोज लगाएको २८ दिनपछि मात्रै दोस्रो डोज खोप दिइन्छ। त्यसैले गर्दा दोस्रो चरणको खोप अभियान सुरु हुन नै अझै करिब डेढ महिना लाग्ने अवस्था छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले प्राथमिकतामा रहेका २० प्रतिशत जनतालाई तीन महिना भित्र लगाइसक्ने योजनामा रहेको बताए।‘सबै नागरिकले कहिले सम्म खोप पाउँछन् भन्ने एकिन गर्न नसकिएला,’ डा। गौतमले भने, तर, प्राथमिकताको आधारमा २० प्रतिशत जनसंख्यालाई तीन महिना भित्र दिने योजनामा लागेका छौं।’ डा गौतमले भने, अहिलेसम्म कुनै कम्पनीको खोप खरिद त्यसको कुनै ठोस निर्णय भएको छैन।’

सेरम इन्स्टिच्युट विश्वकै ठूलो खोप उत्पादक कम्पनी हो। सरकारले समेत उक्त कम्पनीलाई खोप दिनका लागि अनुरोध गरेको छ। तर, कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएकाले अझै खोप खरिदमा अलमल नै देखिन्छ। भारत सरकारले आफ्ना नागरिकलाई लगाउँदै गर्ने र नेपाललाई पनि दिने हिसाबले खोप दिएको हो। भारतमा लगाइसक्ने अन्य देशमा वितरण गर्ने भनेर खोप आउन तिन चार महिना लाग्नसक्छ ’ डा गौतमले भने, ‘यस विषयमा माथिल्लो स्तरमा कुरा भएको होला। मैले बोल्न उचित हुँदैन।’

अहिले नेपालका लागि खोप ल्याउने भनेको भारत र चीनबाट मात्र हो । २० प्रतिशत कोभ्याक्स, खोप विश्व स्वास्थ्य संगठनले बनाएको विश्वस्तरीय खोप सञ्जाल ‘गाभी’ले उपलब्ध गराउने भनेको छ। तर, यो खोप कहिले आउँछ भन्ने निश्चित छैन। संगठनका सबै सदस्य राष्ट्रहरूले यो खोप समानुपातिक रुपले पाउनेछन्।यो निशुल्क पनि हुनसक्छ वा विश्व स्वास्थ्य संगठनले रकममा साझेदारी गर्न पनि सक्छ।२० प्रतिशतको हिसाबले हेर्दा यो खोप करिब ६० लाख जनसंख्या दिन पुग्ने अनुमान छ।यसरी सरकार अनुदानमा आउने एक करोड २० लाख डोज खोपको आशामै बसिरहेको छ।

तर, बाँकी खोप खरिद गर्ने प्रक्रियामा सरकारको अझै अलमल नै देखिन्छ सरकारको कुनै ठोस पहल नहुँदा अहिले चलिरहेको खोप अभियान रोकिने हो कि भन्ने चिन्ता विज्ञहरूको छ।
नेपालले अहिलेसम्म भारतको सेरम् इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोपलाई मात्रै अनुमति पाएको छ। चीनले पनि नेपाल सरकारसँग अनुमति त मागेको छ तर, कुनै पनि चिनियाँ खोपलाई अहिलेसम्म नेपालले अनुमति दिएको छैन।

भारतसँग मात्रै खोप खरिद प्रक्रिया अगाडि बढेको छः डा तिंकरी

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा भीमसिँह तिंकरीले भारतको सरेम इन्स्टिच्युटसँग मात्र खोप खरिदको प्रक्रिया अगाडी बढेको बताए । नेपालमा अहिलेसम्म सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोपले मात्र अनुमति पाएको छ,’ डा तिंकरीले भने, अन्य कम्पनी दर्ता नभएका कारण कुरा अगाडि बढ्न सकेकोे पहिलो चरणको खोप हालसम्ममा ६० हजारभन्दा बढीले लगाएका छन्। चार लाख ३० हजारलाई खोप दिनका लागि अझै हप्ता लाग्ला,’ डा तिंकरीले भने, दोस्रो चरणको खोप नलगाएसम्म अन्य खोपको व्यवस्थापन गर्न सकिँदैन।’ डा तिंकरीका अनुसार अरू खोप आइहालेको अवस्थामा पनि अर्को चरणको खोप दिन केही महिना लाग्नसक्छ।

‘अहिले त हामीले अस्पतालगत रूपमा खोप लगाइरहेका छौँ। अब दिने खोप गाउँ स्तरमा गएर दिनुपर्ने हुन्छ,’ डा तिंकरी भन्छन्, त्यसका लागि हामीले सुक्ष्म रूपमा तयारी गनुपर्छ। अझै समय लाग्छ।’ प्रधानमन्त्री ओली तथा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पटकपटक सबै नागरिकलाई चाँडै नै निःशुल्क खोप दिने आवश्वासन दिएका छन्।खोप खरिदको लागि पर्याप्त स्रोतको जोहो गरिसकेको दाबी पनि गरेका छन्।

प्रतिक्रिया