मंगलबार, वैशाख ३०, २०८२

लकडाउनको मोडालिटीपछि एसइईलगायत परीक्षाको टुंगो लाग्ने

नेपालखोज २०७७ जेठ २७ गते १४:३३

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटी आएपछि एसईईलगायत परीक्षा कहिले गर्ने भन्ने टुंगो लाग्ने बताएका छन्।

आजको प्रतिनिधिसभा संसद बैठकमा सांसदहरूले राखेका जिज्ञासामा केन्द्रीत रहेर जवाफ दिदैँ शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णयमा पुग्ने बताएका छन् ।

‘एसईई नभएकोले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ,’ उनले भने, ‘विद्यालयमा क्वारेन्टाइन छ। केही केन्द्र थप गरेर एसईई गर्ने कि भन्ने थियो, संक्रमित बढ्दै गएपछि त्यो पनि सम्भव भएन।’

एसईई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले बन्दाबन्दीको मोडालिटी आएपछि व्यवस्थित धारणा बनाएर अघि बढ्ने उनले बताए।

प्रतिक्रिया