भारतद्वारा नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालय पुनर्निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । भारतले नेपालमा ५६ वटा उच्च मावि पुनर्निर्माण गर्ने भएको छ । भारतीय राजदूतावासले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका गरी ५६ वटा उच्च माध्यमिक विद्यालय पुनर्निर्माण गर्न लागेको हो ।
भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको झन्डै ३ अर्ब आर्थिक सहयोगमा यी विद्यालय पुनर्निर्माण गरिने काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।
भूकम्पप्रतिरोधी क्षमताको लागि यी विद्यालय नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनर्निर्माण हुने भन्दै दूतावासले विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षा कोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको पनि जनाएको छ ।
प्रतिक्रिया