नेपालमा कुल ५८४ जनाले कोरोना जिते
नेपालखोज
२०७७ जेठ २७ गते १९:५०
काठमाडौँ । कोरोना विशेष अस्पताल जनकपुरबाट आज थप ३० जना डिस्चार्ज भएका छन् । धनुषाका ६ जना महिला र २४ जना पुरुष उपचारपछि घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या पाँच सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
बाँकेमा २२ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै राप्ती सोनार आइसोलेशनबाट बाँकेका सात जना डिस्चार्ज भएका छन् । धरानबाट झापाका २८ जना उपचारपछि निको भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया