मंगलबार, चैत ११, २०८१

क्वारेन्टिनमा योग सिकाउँदै वडाध्यक्ष

नेपालखोज २०७७ जेठ २७ गते १७:४५

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का वडाध्यक्ष शिवराज पनेरु आफ्नो वडामा रहेका क्वारेन्टिनमा बसेकालाई योग साधना सिकाइ रहेका छन् । भारतबाट आएर वडाका विभिन्न सामुदायिक विद्यालय भवनमा आश्रय लिइरहेका स्थानीयवासीलाई वडाध्यक्ष पनेरुले हरेक दिन बिहान योग साधना कक्षा सञ्चालन गरिरहेको बताए। सोमबारदेखि स्थानीय सिद्धवैनाथ माध्यमिक विद्यालयबाट योग कक्षा शुरु गरेका वडाध्यक्ष पनेरुले नगरभित्रका सबै क्वारेन्टिनमा योग शिविर सञ्चालन गर्ने योजना रहेको बताए ।

Advertisement

भारतको हरिद्वारबाट योग प्रशिक्षकको तालिम लिनाका साथै युवा नेपाल योग समिति कञ्चनपुरका अध्यक्षसमेत रहेका वडाध्यक्ष पनेरुले सामाजिक दूरी कायम राख्दै हरेक दिन विद्यालयको चौरमा योग शिविर सञ्चालन हुने बताए ।

“योगले मानिसलाई स्वास्थ्य रहन र शरीरमा प्रतिरक्षा क्षमता बढाउन सहयोग पु¥याउँछ”, उनले भने, “चैतदेखि नै क्वारेन्टिनमा योग शिविर चलाउने योजना रहे पनि विविध कारणले सम्भव भएन ।” उनले शुक्लाफाँटा नगरपालिकाभित्र रहेका हरेक क्वारेन्टिनमा दुई÷दुई दिनको योग शिविर सञ्चालनका लागि नगरप्रमुखसँग समन्वय भइरहेको बताए ।

प्रतिक्रिया