अहिले कोरोनको चिन्ता लिनुहोस, हिसाबको चिन्ता पछि लिनुहोला- प्रधानमन्त्री
नेपाल खोज डेक्स,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै प्रकारको भ्रष्टाचार, अनियमितता र अपारदर्शिता नसहने दाबी गरेका छन्। संघीय संसदमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो अवस्थामा कसैले भ्रष्टाचार गर्छ भने त्यो कुनै हालतमा मानिस हुन नसक्ने बताए।
उनले कोरोना भाइरस निर्मूल पार्ने विशेष काममा लागेका कारण लेखा परीक्षण हुन नसकेको बताए। उनले भने, ‘हिसाबको चिन्ता नगरौं, कोभिड–१९ को चिन्ता गरौं।
उनले भने, ‘मानिसमा के भावना विकास भएको छ भने – सरकारले अलिकति पैसा पायो। यिनीहरुले भ्रष्टाचार नै गरे होलान्१ तर त्यस्तो भएको छैन। हामी संघीय, स्थानीय र प्रदेश सरकार सबैले काम गरिरहेका छौं।’
प्रधानमन्त्रीका अनुसार अहिले एउटा नाकामा पनि ५/७ हजार मानिस थपिएका छन्। त्यसलाई व्यवस्थापन गर्न स्थानीय सरकार लागेको छ। ‘जनतामा यस्तो असन्तुष्टिको बीच, जनचासोको बीच स्थानीय सरकारले कसरी काम गरिरहेको होलारु यस्तो बेलामा हरहिसाब खोज्नु हुँदैन,’ प्रधानमन्त्रले भने।

प्रतिक्रिया