टी–२० विश्वकप सञ्चालनका बारेमा निर्णय गर्न आइसिसीको बोर्ड बैठक आज बस्दै
नेपालखोज
२०७७ जेठ २८ गते १४:५४
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठक आज बस्दैछ । अस्ट्रेलियामा हुने टी–२० विश्वकप सञ्चालन गर्ने वा नगर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ ।
दुई साता अघि भएको बैठकमा केहि एजेन्डामा पनि कुरा नभएपछि जुन १० सम्मलाई बैठक स्थगित गरेको थियो ।
टेलिकन्फ्रेन्स मार्फत हुने बैठकम विश्वकप हुने नहुने अन्तिम निर्णय गरिने भएको छ । १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना गर्ने मिति तोकिएको प्रतियोगिता के हुन्छ भन्ने एकिन छैन ।
आईसीसीले बोर्ड टेलिकन्फ्रेन्स मार्फत अहिले जारी कोरोना माहामारीका कारण जनस्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै जुन १० मा फेरी बैठक गर्ने बताएको थियो ।
यसका साथै बैठकमा अन्तर्राष्ट्रिय क्यालेन्डरका बारेमा पनि छलफल हुनेछ । टी–२० विश्वकप तोकेको मितिमा नभएमा त्यसको स्थानमा बीसीसीआइले आइपिएल गर्ने योजना बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया