शुक्रबार, वैशाख ७, २०८१

आक्रमणमापरि ६९ जनाको ज्यान गयो

नेपालखोज २०७७ जेठ २८ गते १५:०६

काठमाडौँ । उत्तरी नाइजेरियाको बोर्नो राज्यमा विद्रोही संगठन बोको हरामले ६९ जना सर्वसाधारणको हत्या गरेका   छन् ।

विद्रोहीले दुर्गम गाउँमा आक्रमण तथा लुटपाटका क्रममा जथाभावी गोली चलाउँदा सर्वसाधारण मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आफूहरुका सूचना सरकारी सुरुक्षाकर्मीलाई चुहाएको भन्दै बोको हरामले ती सर्वसाधारणलाई कारवाही गरेको जनाएको हो । आक्रमणमा चौपायाहरुसमेत मारिएको समाचारमा जनाइएको छ ।

उत्तर पूर्वी नाइजेरियामा बोको हराम र इस्लामिक स्टेट वेस्टअफ्रिका प्रान्त ९आइएसडब्लुएपी० ले वर्षौंदेखि जारी हिंंसात्मक आन्दोलनमा हजारौं सर्वसाधारणको हत्या गरेको छ भने लाखौं बिस्थापित भइसकेका छन् । -एजेन्सी

प्रतिक्रिया