अतिक्रमित भूमि फिर्ताको माग गर्दै दायर रिटमा लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

नेपालखोज २०७७ जेठ २८ गते १७:३२

काठमाडौँ । भारतले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। आदेशमा सार्वजनिक सरोकारको विषयसमेत भएकाले अग्राधिकार दिइ सुनुवाइ गर्न भनिएको छ।

वैशाख २९ गते अधिवक्ता दीपेन्द्र अधिकारी, केशरजंग केसी र लोकेन्द्र ओलीले भारतले वर्षौदेखि कब्जा गरेको भूमि फिर्ता ल्याउन सरकारका नाममा परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

दायर रिटमा भारतसँग वार्ता गरी भूमि फिर्ता लिन नसक्ने हो भने अरु विकल्पमा गएर भूमि फिर्ता ल्याउनसमेत माग गरिएको छ।

प्रतिक्रिया