संविधान संशोधन प्रस्ताव फिर्ता नगरे सरिता गिरीलाई कारवाही गर्ने जसपाको चेतावनी

नेपालखोज २०७७ जेठ २८ गते १८:३४

काठमाडौँ । जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।

सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी गिरीलाई सो पार्टीले कारवाहीको चेतावनी दिएको हो। सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन्।

संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गरेर नेपालको अद्यावधिक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले संसदीय दलको निर्देशनबिना संशोधन प्रस्ताव दर्ता गराएको भन्दै फिर्ता लिन निर्देशन दिएका हुन्।

गिरीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा भारतकै भएको अभिव्यक्ति दिँदै आएकी छिन्।

प्रतिक्रिया