बिहीबार, जेठ २, २०८२

थप २५० कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमितको संख्या ४६ सय १४ पुग्याे

नेपालखोज २०७७ जेठ २९ गते १६:५९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा र सुनसरीका ३/३ जना तथा कपिलवस्तु र बझाङका २/२ मा संक्रमण पुष्टि भएको छ ।

जम्मा संक्रमित मध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया