असार १ गतेदेखि सरकारी तथा निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने
नेपालखोज
२०७७ जेठ २९ गते १८:५२
काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै असार १ गतेदेखि सरकारी तथा निजी कार्यालय र बैङ्क तथा वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यी कार्यालयहरू बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म दुई सिफ्टमा सञ्चालनमा अाउने भएका हुन् ।
कोरोना महामारी रोकथामका लागि सुरक्षा उपाय अपनाउन र कर्मचारीबीच दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दुरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा कार्यालयहरू सञ्चालन गर्न लागिएको हाे ।
सम्बन्धित

प्रतिक्रिया