ड्युटीमा रहेका सैनिकले गरे आत्महत्या
नेपालखोज
२०७७ जेठ ३० गते १३:३५
काठमाडौँ । स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गोली चलाएर आत्महत्या गरेका छन् ।
बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बरबहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् ।
‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेका हुन् ।
आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका विष्टको घटनास्थलमै मृत्यु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया