किट अभावका कारण भारतबाट फर्केकालाई कोरोना परीक्षण नगरी घर पठाइने
नेपालखोज
२०७७ जेठ ३० गते १३:३९
बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्केका नागरिकलाई कोरोना परीक्षण नगरी घर पठाइने भएको छ ।
प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव भएकाले क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले प्रदेशमा एक मात्र प्रयोगशाला रहेको र उक्त प्रयोगशालामा दैनिक २ सय ५० जनाको मात्रै पिसिआर परीक्षण गर्न सकिने जनाउँदै क्वारेन्टिनबाट सिधै घर पठाउन लागिएको जनाइएको हो ।
भारतबाट फर्किएर प्रदेशका ९ वटा जिल्लामा हाल ६६ हजार जना क्वारेन्टिनमा बसेकोले ती व्यक्तिको परीक्षण गर्न आरडिटी किट अभाव भएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
१४ दिन क्वारेन्टिनमा बसेका नागरिकमा कुनै लक्षण नदेखिए मापदण्डअनुसार होम क्वारेन्टिनमा पठाउने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया