मंगलबार, माघ १, २०८१

नेपाल र स्कटल्याण्डबीचको एक दिवसिय सिरिज स्थगित

नेपालखोज २०७७ जेठ ३० गते १४:४५

काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने भनिएको त्रिकोणात्मक सिरीज स्थगित भएको छ ।

Advertisement

कोरोनाका कारण स्कटल्याण्ड क्रिकेट बोर्डले यो सिरीजलाई स्थगित गरेको जनाएको छ । बोर्डले विज्ञप्ती जारी गरेर नवौं चरणका खेलहरु स्थगित गरेको जनाएको हो ।

प्रतियोगितामा नेपाल नामिविया र स्कटल्याण्डले जुलाई चार देखि ११ सम्म खेल्ने तालिका तय भएको थियो ।

सन् २०२३ को एक दिवसिय विश्वकपको छनोट प्रक्रियाका रुपमा रहेको यो प्रतियोगिता पुनः सुरु गर्न आइसीसीसँगको छलफलमा मिति तोक्ने बताइएको छ ।

यसअघि कोरोनाकै कारण नेपालले नामिवियामा खेल्ने त्रिकोणात्मक सिरीजपनि आइसीसीले स्थगित गरेको थियो ।

यो सिरीज नामिवियामा अप्रिल २० देखि २७ मा हुने तालिका थियो । स्कटल्याण्डमा नेपाल नामिबिया र घरेलु टिमले दुई दुई एकदिवसिय खेल खेल्ने कार्यक्रम रहेको थियो ।

यस्तै जुन नौ देखि १६ मा पीएनजीमा हुने नेपाल पीएनजी र युएईको सिरीजपनि स्थगित भएको छ ।

प्रतिक्रिया