कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ जेठ ३० गते १६:००
काठमाडौं । कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये सुर्खेतका ४५ र दैलेखका ३८ जना रहेका छन्।
संक्रमितमध्ये सुर्खेतको भेरीगंगा नगरपालिकाका ६ जना, चिगाड गाउँपालिकाका ५ जना रहेका छन्। त्यस्तै लेकवेसी नगरपालिकाका ३१ जना रहेका छन्। आज संक्रमण पुष्टि भएकामध्ये सुर्खेतकै सिम्ताका २ जना छन्।
त्यस्तै, दैलेखको दुल्लु नगरपालिकाका २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये एक जना दुल्लु अस्पतालका रहेका छन्। त्यस्तै भैरवी गाउँपालिकाका ७, ठाँटीकाँधका ३ जना रहेका छन्। यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ८ सय ४६ जना पुगेका छन्।
सम्बन्धित
प्रतिक्रिया