प्रहरी हिरासतमा युवकको मृत्यु, आफन्तद्वाा छानबिनको माग गर्दै प्रदर्शन
धनुषा । प्रहरी हिरासतमै युवकको रहस्यमय मृत्यु भएपछि सबैलामा तीन दिनदेखि प्रहरी विरुद्ध प्रदर्शन भइरहेको छ।
मंगलबार राति धनुषाको सबैला नगरपालिका स्थित इलाका प्रहरी कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा स्थानीय २३ वर्षीय युवक सम्भु सदाको शव फेला परेको थियो। प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरेको छ तर मृतकका परिवारले सम्भुको हत्या भएको दाबी गरिहेका छन्।
जेठ १२ गते सम्भुले चलाएको ट्याक्टर दुर्घटनामा गाउँकै एकजना महिलाको मृत्यु भएपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो। तर गएको जेठ २७ गते राति इलाका प्रहरीकै शौचालय भित्र छानोमा आफ्नै सर्ट, भेस्टले पासो लागेको अवस्थामा उनको शव भेटिएको थियो।
उनको हत्या भएको भन्दै मृतक परिवारसहित स्थानीयले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसहित प्रदर्शन गर्दै आएका छन्। शव फेला परेको दिन स्थानीयले इलाका प्रहरी कार्यालय सबैलाको कार्यालयमा ढुंगामुढा गर्नुका साथै इलाका प्रहरी कार्यालय यदुकोहाको गाडीमा तोडफोड समेत गरेका थिए।
प्रतिक्रिया