विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि हवाई भाडादर घट्यो
काठमाण्डौँ । सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तोकेको भाडादर केही घटाएको छ ।
नियमित उडानभन्दा झण्डै चार गुणा बढाइएको भाडादरको चौतर्फी विरोधपछि नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको हो । भाडादर ५ हजारदेखि साढे ९ हजारसम्म घटेको छ ।
यस्तै सरकारले र अन्य चार्टर्ड उडानमार्फत पनि नेपाली स्वदेश फर्कन सक्ने निर्णय पनि गरेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार सरकारले अब फ्लाइट चार्टर गरेर पनि नेपाल आउन सकिने बाटो खुलेको जनाएको छ ।
यसका लागि सम्बन्धित देशको राजदूतावासलाई आन्तरिक सर्कुलर भएको समेत नेपाल सरकारबाट भएको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिए । सरकारले यसअघि विदेशबाट फर्कने नेपालीलाई लिएर आउने जहाजको उडान तालिका र भाडादर तय गरेको थियो, तर अन्य जहाजलाई भने अनुमति नदिने जनाएको थियो ।
प्रतिक्रिया