युक्रेनी राष्ट्रपति जेलिन्स्कीकी पत्नीमा कोरोना संक्रमण
नेपालखोज
२०७७ जेठ ३१ गते १०:१३
काठमाडौं । युक्रेनका राष्ट्रपति वोलोडिमिडर जेलिन्स्कीकी पत्नी ओलिनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । राष्ट्रपति वोलोडिमिडर जेलिन्स्कीकी पत्नी ओलिनालाई कोरोना पुष्टि भएपछि सबै कार्यक्रमहरु रोकिएको जनाइएको छ ।
उनलाई शुक्रबार कोराना पुष्टि भएको हो । कोरोना देखिए पछि आगामी दिनमा हुने सबै बैठक स्थगीत गरिएको जनाइएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
श्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण युक्रेनमा मृत्यु हुनेको संख्या ८ सय ७० पुगेको छ भने संक्रमितको संख्या २९ हजार ७ सय नाघेको छ ।
सम्बन्धित
प्रतिक्रिया