कोरोना अपडेट : आज थप २ सय ७३ जनामा संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या ५३३५ पुग्यो
नेपालखोज
२०७७ जेठ ३१ गते १६:२७
काठमाडौँ । नेपालमा आज थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ४७ जना पुरुष र ३६ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५३३५ पुगेको छ। हालसम्म नेपालको ७२ जिल्लामा कोरोना फैलिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया