बिहीबार, चैत ६, २०८१

असार ७ गते ओमानबाट हुने भनिएको दोस्रो उडानको मिति सर्‍यो

नेपालखोज २०७७ जेठ ३२ गते ७:१६

काठमाडौं । ओमानबाट २१ जुन अर्थात असार ७ गते हुने भनिएको दोस्रो उडानको मिति परिवर्तन गरिएको छ। सलाम एयरमार्फत हुने उक्त उडान ३ दिन अगाडि नै अर्थात् १८ जुन तर्थात असार ४० गते नै हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ।

Advertisement

उक्त उडानमार्फत प्राथमिकताका आधारमा तयार पारिएको सूचीका आधारमा १८० जना नेपाल फर्कन पाउने छन् । एकतर्फी हवाइभाडा ११५ ओमानी रियल तोकिएको छ।

दोस्रो उडानका लागि छनोट भएकाहरुले आफूलाई पायक पर्ने कुनै पनि नजिकको परीक्षण केन्द्रमा वा दूतावासको जानकारीमा भए बमोजिमका स्वास्थ्य संस्थाहरूमा कोभिड-१९ को पीसीआर परीक्षण गराउनसमेत दूतावासले आग्रह गरेको छ।

नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एयरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने छ। दोस्रो उडानको लागि छनोट भएकाहरुले १४ जुनमा नै कोभिड -१९ को पीसीआर परीक्षण गराउन समेत दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया