इनरुवामा भीषण आगलागी
नेपालखोज
२०७७ जेठ ३२ गते ८:४२
इनरुवा । इनरुवा बजारको हनुमान बस्त्रालय बिहानै ५ बजेदेखि भीषण आगलागी सुरु भएको छ । इनरुवा–१ मुख्य बजारको हनुमान अटलले सञ्चालनमा ल्याएको हनुमान बस्त्रालयबाट आगलागी शुरु भएको हो ।
आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ । बस्त्रालयसँगै रहेका रंगको पसल र सिर्जना फाइनान्समा पनि क्षति पुगेको छ ।
आगो नियन्त्रणका लागि वराहक्षेत्र, दुहवी, इटहरी, धरान, सुन्दरहरैचा, विराटगनरका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी जुटिरहेका छन् । हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रण लिने प्रयास जारी रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया