मंगलबार, चैत ११, २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ५९ प्रतिशत सकियो

नेपालखोज २०७७ जेठ ३२ गते ९:०३

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम ५९ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको वित्तीय प्रगति भने ४५ प्रतिशत मात्रै छ ।

Advertisement

लकडाउनको अवधिमा एक दिन पनि काम नरोकिएको आयोजनामा यति बेला २ सय ५० चिनियाँ र एक सय नेपाली कामदारले दैनिक काम गरिरहेका छन् । टर्मिनल, टावर, अध्यागमन, भन्सार, ह्यांगर, कार्गो, प्रशासनिक, अग्नि नियन्त्रण, क्वारेन्टाइन, उद्धार कक्षलगायत १४ भवन बनिसकेका छन् ।

भवनमा उपकरण जडान, डेकोरेसन र फिनिसिङ ९९ रङरोगनलगायत० काम हुँदै छ । नाला निर्माण र पानी निकासको संरचना पनि बनिसकेको छ । रनवे, ट्याक्सी वे, आन्तरिक र बाह्य एप्रोन पहिल्यै बनिसकेका थिए ।

पछिल्लो समय सिमेन्टलगायत निर्माण सामग्री सहज ढुवानी भएकाले एक महिनाभित्र सबै ढलान सक्ने गरी काम भइरहेको विमानस्थल आयोजनाले जनाएको यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया