नवलपरासीमा कार दुर्घटना, गाउँपालिका अध्यक्ष शर्माको मृत्यु
नेपालखोज
२०७७ जेठ ३२ गते १२:३७
नवलपरासी । नवलपरासीमा कार दुर्घटना भएको छ भने एक जना घाइने भएका छन् । दुर्घटनामा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा मृत्यु भएको छ।
गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केशीले बताए।
शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन्। उनी खतरामुक्त रहेको बताइएको छ।
सम्बन्धित
प्रतिक्रिया