बिहीबार, असार १२, २०८२

कैलालीका थप पाँच स्थानमा बीओपी स्थापना

नेपालखोज २०७७ जेठ ३२ गते १२:४३

कैलाली । कैलालीको सीमाक्षेत्रका थप पाँच स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएका छन्। बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलंका टापु बीओपी स्थापना गरिएका हुन्।

जिल्लामा अब बीओपीको संख्या नौ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ। १०१ किलोमिटर खुला सिमाना रहेको जिल्लामा लकडाउन अवधिमा सशस्त्र प्रहरी परिचालन गरी सीमा सुरक्षा हुँदै आएको छ।

जिल्लाका पाँच स्थानमा बीओपी थप गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सिनाले जानकारी दिए।

प्रतिक्रिया