सिकाइ निरन्तरता लक्षित कार्यक्रम घोषणाका क्रममा प्रधानमन्त्रीको यस्तो भाषण (सम्बोधनको पूर्ण पाठसहित)

नेपालखोज २०७७ असार १ गते १२:०८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलतासँगै केही अवसर पनि सिर्जना भइरहेको बताएका छन्।

विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सोमबार घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने, ुप्रविधि, अब हाम्रा घरघरमा प्रवेश गर्दै छ। यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ। कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनुपर्छ।ु

उनले महामारीका कारण प्रत्यक्ष कक्षा सञ्चालन हुन नसके पनि स्वाध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रक्रिया अघि बढाउने वैकल्पिक प्रणाली सुरु गरिएको बताए।

उनले भने, ुहाम्रो विकास समान स्तरमा छैन। प्रविधिको पहुँच एकै नासको पनि छैन। सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन। त्यसैले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ।ु

सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि अध्ययन गर्ने कक्षा एकीन गरी पाठ्यपुस्तक उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने व्यवस्था गरिएको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठनपाठन सञ्चालन गराउने र टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गराउने व्यवस्था गरिएको बताए।

उनले भने, ुकम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलाई अफलाइन सामग्रीहरु उपलव्ध गराई पठनपाठन सञ्चालन गराउने र इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाईन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराउने।ु

यस महामारीको समाप्तिसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने सम्भावना बढेर गएको उनको भनाइ छ। उनले भने, माध्यमिक शिक्षा परीक्षा ९एसईई० को विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ।

उनलेजोखिमको अवस्था आकलन गरी यथासम्भव छिटो विद्यालयहरु पुनः सञ्चालन हुने बताए। विद्यालयहरु पुनः सञ्चालनमा नआएसम्म आजबाट सुरु भएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीहरुको ज्ञानमा महत्वपूर्ण योगदान गर्नेछ र शैक्षिक वर्ष खेर जान नदिन योगदान गर्ने उनले बताए।

 

सम्बोधनको पूर्ण पाठ

शुभकामना मन्तव्य
प्यारा विद्यार्थी भाइ बहिनीहरु,
– विद्यालय स्तरको सबै परीक्षा समाप्त भई दुई महिना अघि नै हाम्रा विद्यालयहरुमा नयाँ शैक्षिक सत्र अनुरुपको कक्षा सञ्चालन भैसकेको हुनुपर्नेथियो। तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्य मुलुकहरुमा जस्तै हाम्रो देशमा पनि विद्यालय लगायत सबै तहका शैक्षिक संस्थाहरू बन्द छन्। गतबर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन शुरु गरिएको छ। त्यस यताका दिनमा देशभरका तीन हजार दुई सय भन्दा बढी विद्यालयहरू क्वारेन्टिन स्थलका रुपमा प्रयोग भइरहेका छन्। माध्यमिक शिक्षा परीक्षा ९एस इ इ० लगायत राष्ट्रियस्तरमा गरिने कतिपय परीक्षाहरु समेत स्थगित छन।

– भाइरसको महामारी रोकिएको छैन, अझै फैलिँदो छ। लकडाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ। तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कता सहित चालिनु पर्छ। तोकिएका सबै नियमहरु पालना गरिनु पर्छ। सामाजिक दूरी कायम नगर्ने, आवश्यक सुरक्षा सतर्कता नपनाउने र मनखुशी चल्ने गरेमा आफैं कारणले आफू मात्रै होइन, सिङ्गो परिवार, आफन्तहरु र समग्र समुदाय नै संक्रमित हुन सक्छन्। हाम्रा स–साना नानीहरुको सिकाइको थलो नै समुदायमा संक्रमण फैलने केन्द्र नबनोस् भन्नेमा विशेषगरी शिक्षक, स्वयंसेवक र अभिभावक लगायत सबै सचेत हुनै पर्छ।

– विद्यालयहरु सिकाइका सामुहिक केन्द्र हुन्। लामो समयसम्म विद्यालयहरु बन्द रहँदा सिङ्गो शैक्षिक सत्र प्रभावित हुन सक्ने भएकाले बन्दाबन्दीको ८३ दिनपछि यसलाई केही खुकुलो पारिएको हो। बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्य सहित आजबाट सरकारले विद्यालय तहका बालबालिकाहरुको सिकाइ–निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको छ।

– विद्यालय तहका सबै भाई बहिनीहरुलाई म यस अवसरमा शुभकामना भन्न चाहन्छु।

आदरणीय अभिभावकहरु,

– कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलता सँगै केही अवसर पनि सिर्जना हुँदैछ। प्रत्यक्ष कक्षा सञ्चालन हुन नसकेपनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रक्रिया अघि बढाउने वैकल्पिक प्रणाली शुरु गरिएको छ।

– प्रविधि, अब हाम्रा घररघरमा प्रवेश गर्दै छ। यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ। कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनु पर्छ।

– यसो भनिरहँदा, मैले हाम्रो मुलुकको अवस्थालाई पनि मनमा राखेको छु। हाम्रो विकास समान स्तरमा छैन। प्रविधिको पहुँच एकै नासको पनि छैन। सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन। त्यसैले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ। त्यसैको आधारमा विद्यार्थीहरुको पहिचान र वर्गीकरण गरिएको छ।

– सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि अध्ययन गर्ने कक्षा एकीन गरी पाठ्यपुस्तक उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने,

– रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठनपाठन सञ्चालन गराउने,

– टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गराउने,

– कम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलार्ई अफलाइन सामग्रीहरु उपलव्ध गराई पठनपाठन सञ्चालन गराउने,

– र, इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाईन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराउने।

– यस महामारीको समाप्तिसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने संभावना बढेर गएको छ। माध्यमिक शिक्षा परीक्षा ९एसइइ० को विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– कतिपयले आफ्ना पुर्खाको पौरख सम्झदैनन्। मैले पटक पटक भन्दै आएको छु– बाँकी दुनियाँ अन्धकारमा हुँदा, ज्ञानको ज्योति नहुँदा हाम्रा पुर्खाहरुले ज्ञान र विज्ञानको क्षेत्रमा चमत्कार गरेका थिए। हजारौं बर्ष अघि विश्वलाई अक्षर र अंकको ज्ञान दिलाएका थिए। हाम्रो बौद्धिक सम्पत्तीका आविष्कारक हाम्रा पुर्खालाई हामीले सम्झनु पर्छ र सम्मान गर्नुपर्छ। हाम्रो सभ्यता र संस्कृतिलाई हरदम मनन गर्नुपर्छ।

– वैकल्पिक सिकाइको प्रणालीमा आजबाट जोडिएका आधा करोड भन्दा माथिको संख्यामा रहेका भाइबहिनीहरुलाई म भन्न चाहन्छु, तपाईहरु नै हाम्रो भविष्य हो। देशको कर्णधार हो। तपाईहरुको सिकाइमा गरिने खर्च, राष्ट्रको होस् वा व्यक्तिको समाजमाथिको लगानी हो। भविष्य माथिको लगानी हो। एउटा अभिभावकले आफ्रनो सन्तानको शिक्षामा गर्ने लगानी, समाजलाई आवश्यक सक्षम र असल उत्तराधिकारी उत्पादन गर्न गरिएको सबैभन्दा महत्वपूर्ण लगानी हो।

– त्यसैले तपाईहरुले आर्जन गरेको ज्ञान र सीप आफूलाई सक्षम बनाउने र समाजको लागि उपयोगी हुनुपर्दछ।

– हाम्रो शिक्षा प्रणालीले शिक्षित गर्ने विद्यार्थीहरु, दुनियाँसँग प्रतिष्पर्धा गर्ने सक्ने अब्बल हुनुपर्छ। उनीहरु आफ्रनो विषयमा विशेषज्ञ र आम विषयमा जानकार हुनुपर्छ। आफ्रनो समाज, देशको राजनीति र अर्थतन्त्रबारे जानकार हुनुपर्छ। हाम्रो गौरवपूर्ण सभ्यता र संस्कृतिको बारेमा जानिफकार हुनुपर्छ। अर्थात्, हाम्रो शिक्षा इतिहासकोे गौरव, वर्तमानको आवश्यकता र भविष्यको स्पष्ट मार्गचित्रको एकमुष्ट प्रतिरुप हुनुपर्दछ।

– आफ्रनो देशमा अझै पछौटेपन, अविकास र गरिबी किन र के कारणले रहिरहेको छ रु त्यसलाई केलाउने र बुझ्न सक्ने हुनुपर्छ। त्यसलाई अन्त्य गर्न आफू के हुने– प्राविधिक वा वैज्ञानिक, प्रशासक वा व्यवस्थापक, उद्यमीरव्यवसायी वा श्रमिक, कलाकर्मी वा खेलाडी ।।। स्वयं दृढ निश्चियी हुनुपर्छ।

– भनिन्छ, सफलताको रहस्य इमान्दारी हो। सफल हुनका लागि इमान्दार हुनै पर्छ। इमान्दार सबैप्रति हुनुपर्छ। तर सबैभन्दा पहिले आपूmप्रति इमान्दार हुनुपर्छ। भविष्यमा कुन क्षेत्रमा संलग्न हुने रु जेमा लाग्ने हो, त्यसमा समर्पित हुनुपर्छ। मिहेनती हुनुपर्छ। मिहेनत, प्रतिफल आउने गरी गर्नुपर्छ।

– हाम्रो शिक्षा अनुसन्धानमा आधारित हुनपर्छ। यो नयाँ पुस्ता इनोभेटिभ हुनुपर्छ। नयाँ प्रविधि बनाउने, भएको प्रविधिको विकास गर्ने, उपलब्ध प्रविधि आयात गर्ने र अरुमा रहेको प्रविधिको प्रसार गर्ने हुनुपर्छ। भावी पुस्ता सक्षम हुनुपर्छ। त्यो मानवीय, देशभक्त र विनम्र हुनुपर्छ। यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ।

– झण्डै एक शताब्दीदेखि हाम्रो पुस्ता, स्वतन्त्रता र लोकतन्त्रका लागि लड्यो। नयाँ प्रणाली प्राप्तीका लागि आफ्रनो जीवन समर्पित ग¥यो। पुरानो पुस्ताले लडेर नै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको छ। मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने पछिल्लो आन्दोलन हुँदा किशोर उमेरमा नै रहेको वा भरखरै जन्मिएको नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढ्दै छ। यो पुस्ता स्वभावतः बढी जिज्ञासु छ। र, नयाँ प्रविधिमा अभ्यस्त पनि छ। अभ्यस्त भएकै कारण देश दुनियाँका विषयमा जानकार पनि छ।

– मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु। मुलुक बिग्रदै पो छ कि रु मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि रु टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि रु

– आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन। तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ। अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन। हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन।

– अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ। आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन। ढुक्क रहौं– मुलुक बन्छ। सुशासन, स्वच्छता कायम हुन्छ।

– अन्त्यमा, अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति हो।

– त्यसैले अबको जनशक्ति, शिक्षित जनशक्ति हुनेछ।

– अबको जनशक्ति, सक्षम जनशक्ति हुनेछ।

– अबको जनशक्ति, स्वस्थ जनशक्ति हुनेछ।

– जोखिमको अवस्था आकलन गरी यथासम्भव छिटो विद्यालयहरु पुनः सञ्चालन हुने नै छन। विद्यालयहरु पुनः सञ्चालनमा नआएसम्म आजबाट शुरु भएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीहरुको ज्ञानमा महत्वपूर्ण योगदान गर्नेछ र शैक्षिक बर्ष खेर जान नदिन योगदान गर्नेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आवश्यक सामग्री व्यवस्थापन गरिरहेको छ। भावी दिनमा सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने क्रम निरन्तर जारी रहने छ।

– यो विधि हाम्रा लागि नयाँ हो। तसर्थ, आफ्ना बालबालिकाहरुले यी विधिहरु प्रयोग गरेका छन् वा छैनन् भन्ने कुरा एकीन गर्न र उनीहरुलाई सहयोग गर्न म सबै अभिभावक, शिक्षक तथा स्वयंसेवकहरुमा अनुरोध समेत गर्दछु।

– म सबै बालबालिकाहरुलाई यस सिकाइमा सहभागी हुन आह्वान गर्दछु।

उज्ज्वल भविष्यको शुभकामना सहित,
धन्यवाद।

प्रतिक्रिया