शनिबार, वैशाख ८, २०८१

यस्तो रहनेछ सातै प्रदेश सरकारले आज ल्याउने बजेट !

नेपालखोज २०७७ असार १ गते १२:३८

काठमाडौँ । प्रदेश सरकारहरुले आज तेस्रो पूर्ण बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नु पर्छ ।

विनियोजन गरेको बजेट लगातार २ आर्थिक वर्षमा पूर्ण क्षमताका साथ खर्च गर्न नसेकेका प्रदेश सरकारले तेस्रो बजेटमा भने स्रोत सुनिश्चितकाका बीच चालू वर्षमा विनियोजन गरिएको बजेटको अंक १० प्रतिशत बढीले घटाउँदै छन् ।

प्रदेश सरकारलाई सबैतर्फका स्रोत खुम्चेको अवस्थामा प्रदेश सरकारलाई बजेट घटाउनुपर्ने बाध्यता आएको हो ।

बागमती प्रदेशले चालू वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँ बजेट वृद्धि गरेर ल्याउने तयारी गरेपनि प्रदेश १, २, कर्णाली प्रदेश बजेट घटाएका छन् ।

त्यस्तै अन्य प्रदेशले चालू वर्षकै हाराहारीमा बजेट ल्याउने तयारीमा रहेका छन् । गण्डकी प्रदेशको पनि चालू वर्षको तुलनामा केही वृद्धि गरिने तयारी गरिएको छ ।

प्रदेश सरकारको पहिलो, दोस्रो स्रोत १० प्रतिशभन्दा खुम्चिसकेको छ भने तेस्रो स्रोत पनि कम हुने अनुमान गरिएको छ । प्रदेश सरकारको पहिलो स्रोत केन्द्र सरकारले दिने अनुदान हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा प्रदेश सरकारलाई दिने अनुदान साढे ९ अर्ब रुपैयाँ घटाएका छन् ।

चालू वर्ष विनियोजन गरिएको यस्तो बजेट १ खर्ब १ अर्ब ५४ करोड रुपैयाँ रहेकामा आगामी आर्थिक वर्षमा भने ९१ अर्ब ५४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ ।

प्रतिक्रिया