कोरोना अपडेट : थप ४५१ जना नयाँ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुग्यो !

नेपालखोज २०७७ असार १ गते १६:३१

काठमाडौँ । नेपालमा आज ४५१ जना नयाँ कोरोना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । आइतबार ४२५ जना संक्रमित थपिएका थिए ।

शनिबार पनि २७३ जना थपिएका थिए । शुक्रबार ४ सय ४८ जना थपिएका थिए भने बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

प्रतिक्रिया