नेपालमा कुल १ हजार ४१ जना कोरोना संक्रमित उपचार पछि निको भए

नेपालखोज २०७७ असार १ गते १६:३८

काठमाडौँ । नेपालमा कोरोना संक्रमण पछि निको हुने हुनेको संख्या १ हजार ४१ जना पुगेको छ । आज थप ६७ जना निको भएका छन् । आइतबार ६१ जना निको भएका थिए ।

शनिबार ३६ जना निको भएका थिए । विहिबार १८७ जना निको भएका थिए भने शुक्रबार १६ जना निको भएका थिए ।

मृतकहरुको संख्या भने हालसम्म १९ जना रहेको छ भने हालसम्म कूल संक्रमित जिल्ला ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका छन् ।

प्रतिक्रिया