शुक्रबार, असार १३, २०८२

सीमा विवाद वार्ताका माध्यमबाट समाधान

नेपालखोज २०७७ असार १ गते १७:४०

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारतबीच देखिएको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने बताएका छन् ।

आज उत्तराखण्डका भारतीय जनता पार्टीका कार्यकर्ताको जनसंवाद ¥यालीलाई भिडिओ कन्फरेन्समा सम्बोधन गर्दै सिंहले धार्चुला—लिपुलेक सडकले मानसरोवर जाने यात्रीलाई सजिलो हुने बताए ।

नेपालले कालापानी क्षेत्र आफ्नो नक्सामा राखेर संविधान नै संशोधन गरिसकेको दुई दिनपछि भारतीय रक्षामन्त्री सिंहले उक्त सडकबारे नेपालमा केही भ्रम रहेको बताएका हुन् ।

नेपाल भारतबीचको सम्बन्ध सामान्य नरहेको भन्दै उनले सीमाको बारेमा केही भ्रम रहेको दाबी गरेका हुन् । सीमा विवादलाई वार्ताको माध्यमबाट हल गर्ने उनले बताएका छन् । सम्बोधनका क्रममा उनले गोर्खा सैनिकको पनि तारिफ गरेका थिए ।

प्रतिक्रिया