शुक्रबार, वैशाख १४, २०८१

आगामी आर्थिक वर्षका लागि प्राधिकरणको बजेट १४ अर्व ९ करोड

नेपालखोज २०७७ असार २ गते १०:०८

काठमाडौं । नेपालको दूर सञ्चार क्षेत्रको विकासका लागि काम गर्दै आईरहेको नेपाल दूरसञ्चार प्राधिकरणको वोर्ड वैठकले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ अर्व ९ करोड बजेट वार्षिक बजेट बोर्डबाट पारित गरेको छ ।

बजेटमा बोर्ड बैठकले ग्रामीण दूरसञ्चार विकास कोष तर्फ मात्र ६ अर्व रुपैयाँको परियोजना तयार गरेको छ । त्यस्तै ८ अर्व रुपैयाँ प्राधिकरण कोषबाट खर्च गर्ने गरी बजेट तयार गरिएको प्राधिकरणले जनाएको छ ।

बजेटमा चालु आर्थिक वर्षमा सञ्चालन रहेका परियोजनकाका कामलाई निरन्तरता दिनुका साथै केही नयाँ योजनाहरु पनि बनाइएको छ । जस अनुरुप बजेटमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, सूचना प्रविधि प्रयोगशाला, कन्टेन्ट फिल्टराईजेसनलगायत दूरसञ्चार सेवाको गुणस्तरलाई प्राथमिकता दिईएको देखिन्छ ।

प्राधिकरणले आगामी वर्षको लागि १४ अर्ब ९ करोड रुपैयाँको बजेट पारित गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिसको लागि पठाएको हो।

प्रतिक्रिया