लकडाउनको समयमा कुनै पनि सामग्रीको अभाव हुन नदिने नेपाल सिपिङ्ग लाइन्सको प्रतिबद्धता
काठमाडौँ । लकडाउनका समय आबश्यक पर्ने सामग्रीको अभाव हुन नदिनका नेपाल सिपिङ्ग लाइन्सले नेपालको राष्ट्रिय झण्डा अंकित आफ्नै नेपाली कन्टेनरमा समुद्रपारबाट सामान आयात गर्दैछ ।
यो एकमात्र राष्ट्रिय झण्डा बाहक कम्पनी हो, जसले विभिन्न मुलकका बन्दरगाहहरुबामट सामान ल्याउन सरकारलाई समेत सपोर्ट गरेको छ ।नेपाल सिपिङ लाइन्सका हजारौं कन्टेनरहरु अहिले पनि विभिन्न मुलुकका बन्दरगाहहरुमा ढुवानी सेवा दिन तम्तयार अबस्थामा रहेको तथा निर्यात कार्गोका लागि विरगंजमा सयौं कन्टेनरहरु स्टकमा राखिएको कम्पनीले जनाएको छ ।
भारत र अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न अहिलेको लकडाउनका बेला कठिनाइ भइरहेको अबस्था छ । यस्तो असहज अबस्थामा समेत कम्पनीले देश र जनताका लागि अहोरात्र सक्रिय रहने प्रढ गरेको छ । देशमा सामान अभाव हुन नदिन तथा छिटो छरितो रुपमा सामग्री आयत गर्न नेपाल सिपिङ लाइन्सले सक्रियता अपनाइरहेको जनाएको छ ।
नेपाल सिपिङ लाइन्सलले एक विज्ञप्ति जारी गर्दै छिटो, छरितो र विश्वसनीय रुपमा सामान आयातका लागि सेवा सुचारु गरीरहेको र कुनैपनि सामग्री अभाव हुन नदिन सक्दो पहल गर्ने बताएको छ ।
त्यस्तै निर्यात गर्दा जुनसुकै समयमा पनि कन्टेनरहरु उपलब्ध हुने भएकाले नेपालका निर्यातकर्ताहरुको समयको समेत कम्पनीले बचत गर्दै निर्यातका कार्यलाई पनि निरन्तर सेवा दिएको छ । उक्त कम्पनीले कम ढुवानीदरमा झन्झटरहित तरीकाले निर्यातलाई सम्भब बनाइदिएको छ । कम्पनीले विश्वभरी लकडाउनको अबस्थामा पनि निर्यात प्रर्बद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया